प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखियो
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । मृर्गाैला प्रत्यारोपण गरेपछि उनको स्वास्थ्य संवेदनशील देखिने गरेको छ ।
बुधबारबाट स्वास्थ्यमा समस्या देखिएको स्रोतले जनाएको छ । दशैंतिहारको टीका र भीडभाडका कारण हुने संक्रमणले गत वर्ष पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएको थियो ।
तिहारको भाइटीका लगाएको भोलिपल्ट नै उनको स्वास्थ्यमा समस्या देखिएको हो ।
स्वास्थ्य उपचारका लागि गत साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओली साउन २७ गते स्वदेश फर्किएका थिए । उनको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो । सिंगापुरबाट फर्किएपछि पनि ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएन ।