निर्वाचन आयोगले सोध्यो प्रधानमन्त्री कार्यालयलाई स्पष्टीकरण - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

निर्वाचन आयोगले सोध्यो प्रधानमन्त्री कार्यालयलाई स्पष्टीकरण



काठमाडौं-

निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ । निर्वाचनको मिति घोषणा भइसकेपछिसमेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।

निर्वाचन आयोगले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि अनुमति दिने, नेपाल स्टक एक्सचेञ्जमा नयाँ ब्रोकरलाई अनुमति दिने, प्रदेश तहमा लघुबीमा कम्पनीहरुलाई अनुमतिपत्र दिने लगायतका निर्णय गरेको समाचार प्रकाशित भएसँगै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।