प्रधानमन्त्रीलाई कालोझण्डा : दुईजना विमानस्थलमा पक्राउ - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रधानमन्त्रीलाई कालोझण्डा : दुईजना विमानस्थलमा पक्राउ



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन विमानस्थल पुगेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री ओली युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कंदै छन् । उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन विमानस्थल प्रवेश गरेको थाहा पाएपछि प्रहरीले पक्राउ गरेको हो ।

उनलाई कालोझण्डा देखाउन विमानस्थल पुगेका तरुण दलका दिनेश बिक्रम शाहसँगै दुईजनालाई पक्राउ गरिएको हो ।

प्रधानमन्त्री ओली अबको केहीबेरमा त्रिभुवन विमानस्थलमा आइपुग्दै छन् ।