अपडेट: प्रधानमन्त्रीको स्वास्थ्यमा थप समस्या देखियो, आज आईसीयूमै राखिने - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

अपडेट: प्रधानमन्त्रीको स्वास्थ्यमा थप समस्या देखियो, आज आईसीयूमै राखिने



काठमाडौं । ग्राण्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार अस्पतालमै राखिने भएको छ । भर्ना भएपश्चात समस्या बढ्दै गएपछि बुधबार पनि आइसीयुमै राखिने भएको हो ।

अस्पतालमा भर्ना भएपछि पनि उनलाई ज्वरो बढेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार भर्ना गरेपछि पनि ज्वोरो बढ्दै गैरहेको र नियन्त्रण नभएकोले थप उपचार हुँदैछ ।

तर प्रधानमन्त्रीको सचिवालय तथा उनको स्वास्थ्य टिमले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

प्रधानमन्त्री ओली बुधबार बिहानै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा भर्ना भएका थिए । चिकित्सकको निगरानीमै राख्नुपर्ने भएकाले बुधबार डिस्चार्ज नहुने  निकट स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको १३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसयता प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य जाँच गर्दै आएका छन् ।