प्रधानमन्त्री कप: एकै इनिङमा दुई शतक, पाँच विकेट - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

प्रधानमन्त्री कप: एकै इनिङमा दुई शतक, पाँच विकेट



काठमाडौंमा जारी एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिवि क्रिकेट मैदान सोमबार जारी खेलको एकै इनिङमा २ शतक प्रहार हुनुका साथै एकै बलरले ५ विकेट लिएका छन्।

सुवास खकुरेल र प्रदीप ऐरीले शतक प्रहार गरेपछि एपिएफ क्लबले प्रदेश २ लाई ३ सय ४० रनको विशाल लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ गरेको एपिएफका लागि सुवासले १ सय ३ र प्रदीपले १ सय ५८ रनको पारी खेलेपछि एपिएफले प्रदेश २ विरुद्ध निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३९ रनको लक्ष्य दिएको छ।
१ सय ३० बलको सामना गरेका ओपनर सुवासले ७ चौका र २ छक्का प्रहार गरेका थिए।

यस्तै प्रदीपले १ सय ३५ बलको सामना गर्दै डेढ सय रनको इनिङ खेले। उनले १३ चौका र ८ छक्का प्रहार गरेका थिए।

यस्तै एपिएफका पृथु बास्कोटाले २५ र भुवन कार्कीले १६ रन जोडे। बलिङतर्फ प्रदेश २ का दिव्या‌ंशु मलिकले ५ विकेट लिए। ९ ओभर बलिङ गरेका उनले १ ओभर मेडन राख्दै ८४ रन खर्चिएका थिए।

समूह ए मा एपिएफ दोस्रो स्थानमा छ भने प्रदेश २ तेस्रो स्थानमा छ। समूहको शीर्ष २ टोली सेमिफाइनलमा प्रदेश गर्नेछन्। यस समूहको शीर्षमा नेपाल अार्मी क्लब रहेको छ।