प्रधानमन्त्री ओलीले भने : को अनमोल केसी, मैले चिन्दिन ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रधानमन्त्री ओलीले भने : को अनमोल केसी, मैले चिन्दिन !



काठमाडौं । प्रधानमन्त्री केपी ओली परिवारसहित कमलपोखरीस्थित सिटी सेन्टरमा गएर नेपाली चलचित्र ‘क्याप्टेन’ हेरेका छन् । फागु पूर्णिमाको सन्दर्भ पारेर आफ्ना पिता र पत्नीसाथ प्रधानमन्त्री ओलीले बुधबार साँझ उक्त चलचित्र हेरेका हुन् ।

नेपाली चलचित्रका स्थापित नायक भुवन केसीद्वारा निर्माण गरिएको चलचित्र ‘क्याप्टेन’मा फुटबल खेलसँग आधारित कथावस्तु छ । नायक अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्रले खेल क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्यका लागि डटेर निरन्तर लागेमा सफलता सम्भव छ भन्ने सन्देश दिएको छ ।

चलचित्र हेरेपछि मिडियाकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले आफूले अनमोल केसीलाई नचिनेको बताए । अनमोल केसी कस्तो लाग्यो भन्ने प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा भने, ‘अनमोल केसी त चिन्या छैन मैले, इशान खड्का मात्र चिन्या हो ।’ प्रधानमन्त्रीले यसो भन्दै गर्दा प्रधानमन्त्री पछाडि रहेका अनमोल केसी मुसुमुसु हाँसिरहेका थिए ।