जगत गुरु र मन्जु चौधरीको बबाल डान्स रहेको भोजपुरी म्युजिक भिडियो ‘पिसब मसला’ सार्वजनिक - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

जगत गुरु र मन्जु चौधरीको बबाल डान्स रहेको भोजपुरी म्युजिक भिडियो ‘पिसब मसला’ सार्वजनिक



हिमाल पोस्ट / कैलाली । भोजपुरी म्युजिक भिडियो ‘पिसब मसला’ बिन्दास मिडिया युट्यूव च्यानल मार्फत बिहीबार सार्वजनिक भएको छ ।

म्यूजिक भिडियोमा बिन्दास मिडिया म्युजिक अवार्ड २०७५ को बेष्ट मोडल अवार्डबाट अवार्डेड मोडल जगत गुरु र मन्जु चौधरीको बबाल डान्स रहेको छ । गायक भोला शाहको शब्द संगीत रहेको गीतमा भोला शाह र मोडल तथा गायिका अन्जु कुश्मी चौधरीको स्वर रहेको छ ।

म्युजिक भिडियोको एरेन्जर सुनिल सागर, क्यामेरा र सम्पादकमा सतिश सिन्हा र नृत्य निर्देशक चन्द्र चौधरी चाँदले गरेका छन् भने मेकअपमा सन्ध्या योगीको रहेको छ । म्युजिक भिडियोको डिजिटल मिडियामा विन्दास मिडिया र पोष्ट प्रोडक्सन सिएस फिल्मस् प्रालि धनगढी रहेका छ ।

पछिल्लो समय दिनै पिच्छे दुई तीनवटा थारु गीतसंगीत तथा थारु म्युजिक भिडियो सार्वजनिक भईरेहेको छ । गीतसंगीत तिर ह्वात्तै रुचि बढेको थारु कलाकारहरु एकसे एक गीति एल्बम तथा म्युजिक भिडियो निकाली रहेका छन् ।

भिडियो हेर्नुहोस :