रोकियो पाइपलाइनबाट तेल आउन - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

रोकियो पाइपलाइनबाट तेल आउन



काठमाडौं- मोतीहारी-रक्सौल-अमलेखगञ्ज पाइपलाइनबाट ११ दिनदेखि तेल आउने क्रम रोकिएको छ।

युरो ६ मापदण्डमा डिजेलको स्तरोन्नतिको काम भइरहेकोले पाइपलाइनबाट तेल आउने क्रम रोकिएको नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख प्रदिप यादवले बताए।

‘भारतले युरो ६ मापदण्डको डिजेल पठाउने तयारी गरेकाले त्यसको व्यवस्थापनको लागि तेल रोकेको हो,’ उनले भने, ‘भोलिदेखि पठाउँछु भनेको छ।’

पाइपलाइनमा युरो ६ डिजेलका लागि केही फिल्टर थप गरिएको उनले जानकारी दिए। हाल नेपालबाट गएका ट्याङ्करले बरौनीबाट तेल ल्याएका छन्।

अप्रिलबाट युरो ६ को तेल पठाउने भारतिय आयल निगमको तयारी छ।