दुर्घटना भएको हेलिकप्टरमा पाइलट परिवर्तन भएका थिए - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

दुर्घटना भएको हेलिकप्टरमा पाइलट परिवर्तन भएका थिए



संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपाका युवा नेता रविन्द्र अधिकारीसहित सात जनाको बुधबार ताप्लेजुङको पाथीभरा नजिकै भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा निधन भयो ।

दुर्घटनामा यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको पनि निधन भयो । एयर डाइनेस्टी शेर्पाकै कम्पनीले सञ्चालन गरेको हेलिकोप्टर हो । शेर्पा जतिबेला मन्त्री अधिकारीसँगै विमानस्थल निर्माणको अवलोकनका लागि मन्त्री अधिकारीसँगै बिहान ८ः०० बजे हेलिकोप्टरबाट तेह्रथुमका लागि उडे, त्यसपछि एयरलाइन्सका कर्मचारीबीच कुरा चल्यो पाइलटको । शेर्पा सँधै एक जना पाइटलले उडाएको हेलिकोप्टर मात्र चढ्थे, उनी हुन् अनील रावल । तर, त्यस दिन रावल नभई प्रभाकर केसी हेलिकोप्टरका पाइलट थिए । रावल यती एयरका पूराना र अनुभवी पाइलट हुन् ।

शेर्पाले धेरै विश्वास गर्ने गरेकै कारण रावलले उडाएको हेलिकोप्टरमा मात्र यात्रा गर्ने गरेका थिए । विष्टको तुलनामा केसी नयाँ र कम अनुभवी हुन् । उनले हेलिकोप्टर उडाउन थालेको मात्र तीन वर्ष भयो । ‘सर (आङछिरिङ) जहिले पनि अनील रावलले उडाएको हेलिकोप्टरमा मात्र यात्रा गर्नुहुन्थ्यो, त्यस दिन अर्कै पाइलटसँग उडेपछि हामी छक्कै परेका थियौं’, एयर डाइनेस्टीका एक कर्मचारीले बताए, ‘एक्कासि घटना भयो भन्ने सुन्दा सपनाजस्तो लाग्यो ।’