पीडितको उजुरीपछि खुल्यो मानव तस्करीबारे नयाँ रहस्य - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

पीडितको उजुरीपछि खुल्यो मानव तस्करीबारे नयाँ रहस्य



काठमाडौं- मानव बेचबिखनमा संलग्न गिरोहले दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियालाई नयाँ गन्तव्यका रूपमा प्रयोग गरेको पाइएको छ । कम्बोडियाबाट भागेर नेपाल फर्किन सफल पीडित युवतीको उजुरीपछि रहस्य खुलेको हो ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले ती युवतीलाई भारत, म्यानमार, थाइल्यान्ड हुँदै कम्बोडिया पु¥याएको अभियोगमा धनकुटा शहीदभूमि गाउँपालिका–२ का ३७ वर्षीय किसान राईलाई धनकुटाबाट पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकबाट चिनजान गरी अभियुक्त राईले कम्बोडियाको कन्स्ट्रक्सन कम्पनीमा काम लगाइदिने प्रलोभन देखाई ती युवतीलाई चिनियाँ नागरिक बस्ने एक घरमा बस्ने गोरखापत्रले लेखेको छ ।