फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा नागरी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा नागरी



कैलाली । नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा बिवेक नागरी निर्बिरोध चयन भएका छन् । शुक्रबार धनगढीमा सम्पन्न सघंको पहिलो जिल्ला अधिवेशनबाट नागरी अध्यक्षमा निर्बिरोध चयन भएका हुन् ।

संघको उपाध्यक्षमा अविनाश चौधरी, सचिवमा शंकर बोहरा, कोषाध्यक्षमा गगन अयडी, सह सचिवमा पाण्डव पुजारा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा तेज बोहरा, दिनेश बिष्ट, टेक सोडारी, प्रकाश बिक, सुदिप थापा, निराजन परियार र योगेन्द्र नायक सर्वसम्मत चयन भएका छन् । एक जना सदस्य भने संघको पहिलो अधिवेशनबाट थप्ने अध्यक्ष विबेक नागरीले बताएका छन् ।

फोटो पत्रकार संघ कैलाली तदर्थ समितिका अध्यक्ष बिरेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न प्रथम अधिवेशन कार्यक्रममा नेपाली कांग्रेस संसदिय दलका नेता डाक्टर रण बहादूर रावल प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मिन बम, नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।