पत्रकारको स्वास्थ्य सुरक्षाका लागि ज्याकेट र मास्क वितरण - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

पत्रकारको स्वास्थ्य सुरक्षाका लागि ज्याकेट र मास्क वितरण



सुखड,कैलाली । रिपोटीङ्गका लागि फिल्डमा खटीने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि फोटो पत्रकार महासंघ शाखा कैलालीले ज्याकेट र मास्क वितरण गरेको छ । फोटो पत्रकार महासंघ केन्दीय शाखाले उपलब्ध गराएको ज्याकेट र माक्स आज वितरण गरिएको हो ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को जोखिम नेपालमा समेत उच्च हुन थालेपछि नागरीकलाई सुचना प्रबाह गर्न आफ्नो ज्यानलाई जोखिम मोलेर फिल्डमा रिपोटीङ्गको लागि खटीने फोटो पत्रकार महासंघ कैलाली शाखाका पत्रकारहरुलाई माक्स र प्रेस ज्याकेट वितरण गरिएको फोटो पत्रकार महासंघ कैलालीका अध्यक्ष पाण्डब पुजाराले बताए ।

आगामी दिनमा समेत क्रियाशिल एव् फोटो पत्रकारलाई थप सुरक्षा समाग्री वितरण गरिने सचिब दिनेश बिष्टले बताए।गोदावरी नगरपालिका ,गौरीगंगा नगरपालिका ,घोडाघोडी ,बर्दगोरिया गाउपालिका ,लम्कीचुहा नगरपालिका हुदै टिकापुर नगरपालिका सम्मका फोटोपत्रकार महासंघमा आवद्ध पत्रकारलाई ज्याकेट र माक्स वितरण गरिने महासंघका सदस्य योगेन्द्र नायकले जानकारी दिए ।