'राजनितिक अस्थिरताकाे चपेटामा पेट्रोलिएम ब्यवसायी' - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

‘राजनितिक अस्थिरताकाे चपेटामा पेट्रोलिएम ब्यवसायी’



बुटवल : मुलुकमा चुलीएको राजनीतिक अस्थिरताको शिकारमा व्यबसायीहरु पर्नुपरेको पेट्रोलियम व्यबसायीहरुले गुनासो गरेका छन् ।

पेट्रोलियम व्यबसायमा लागत अनुसारको प्रतिफल नआउने र त्यसमा पनि राजनीतिक अस्थिरताका कारण गरेको लगानी डुव्ने परिस्थितीले वैकल्पिक व्यबसाय गर्नुपर्ने बाध्यता सिर्जना भएको उनीहरुले बताएका हुन् ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनको शनिबार भएको १४ औं वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले सरकार र नेपाल आयल निगम व्यबसायी प्रति गम्भिर बन्न समेत आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल पेट्रोलियम डिलर्स एशोसियसनका केन्द्रीय अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले पेट्रोलियम कारोवारमा धेरै चुनौती रहेको बताउनु भयो । उहाँले पेट्रोलियम व्यबसायमा लागत अनुसारको प्रतिफल नपाउँदा व्यबसायी निराश बन्नु परेको र वैकल्पिक व्यबसाय रोज्नु परेको बताउनु भयो ।
उहाँले मुलुकमा स्थायी सरकार नहुँदा र नेपाल आयल निगममा स्थायी व्यबस्थापन नहुँदा व्यबसायीका समस्या समाधान हुन नसकेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल आयल निगम केन्द्रीय कार्यालय वितरण विभागका निर्देशक बिरेन्द्र गोईतले नेपाल आयल निगम र व्यबसाय दुबैमा समस्या भएको स्वीकार गर्दै एकले अर्कालाई गाली गर्ने भन्दा पनि सामुहिक प्रयासबाट समस्या समाधान गर्नुपर्ने भनाई राख्नुभयो ।आयल निगममा भएका समस्या समाधानकालागि निगम प्रयासरत रहेको पनि उहाँको भनाई छ ।

कार्यक्रममा नेपाल आयल निगम क्षेत्रीय कार्यालय भलवारीका प्रमुख आशोक शाह, गुणस्तर तथा नापतौल विभागका क्षेत्रीय प्रमुख योगेन्द्र पौडेलले व्यबसायिक समस्या समाधानकालागि सबै एक भएर लाग्नुपर्ने बताउनु भएको थियो ।

सोही अवसरमा एशोसियसनमा उल्लेखनीय योगदान पु¥याएवापत एशोसियसनका वरिष्ठ उपाध्यक्ष अशोक गुरुङ, महासचिव हरिराम कसौधन, पूर्व अध्यक्ष एमके मिया, निवर्तमान अध्यक्ष राजेन्द्र गुप्ता, केन्द्रीय सदस्यहरु चक्रमणी आचार्य, हिमाल गैरे, अनुगमन समिति संयोजक बिशाल गैरेलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

त्यस्तै स्थानीय तहको निर्वाचनमा निर्वाचित पेट्रोलियम व्यबसायीलाई समेत सम्मान गरिएको थियो ।कार्यक्रममा व्यबसायीहरुले नेपाल आयल निगमले सिस्टम बनाउन नसक्दा आपूर्तिमा समस्या भएको, सूचना प्रबिधिको युगमा पनि बैंक भौचर बोकेर आयल निगम धाउनु पर्ने बाध्यता, पेट्रोलियम पदार्थमा खस्किँदा गुणस्तर, आपूर्ति भए अनुसारको परिणाम नपाईने गुनासो गरेका थिए ।

एशोसियनसका अध्यक्ष प्रेम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ सल्लाहकार चोपनारायण श्रेष्ठ,सल्लाहाकार शूर्यबहादुर भट्टराई, पूर्व केन्द्रीय सदस्य विरेन्द्र यादव, पूर्व अध्यक्ष एमके मियां, गोपाल ज्ञवाली, संस्थापक अध्यक्ष राजेन्द्र गुप्ता, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, यातायात व्यबसायी मोहन भुसाल, ट्रयाङ्कर व्यबसायी राकेश कुमार कशौधन, सुनवल नगरपालिकाका प्रमुख भरत थापा, एशोसियसनका वरिष्ठ उपाध्यक्ष अशोक गुरुङ् महा सचिव हरेराम कशौधन लगायतले भनाई राखेका थिए ।