पेट्रोलियम पदार्थको फेरी मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनले मूल्यवृद्धि गरेको भन्दै निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढाएको हो ।
पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य हाल यथावत नै राखिएको निगमले जनाएको छ ।
यो मूल्य समायोजन गरे पश्चात् नेपाल तर्फको विरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य रु. २०।४१ प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य रु. १७।१६ प्रति लिटरले नेपालतर्फ सस्तो हुन गएको छ ।
समायोजन पश्चात् डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा रु. ९८ प्रति लिटर, पोखरा, दाङ्गमा रु. ९७।५० प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा रु. ९६।५० प्रति लिटर कायम गरिएको छ ।