पेट्रोलियम पदार्थको बढेको मूल्य - केको कति ? - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

पेट्रोलियम पदार्थको बढेको मूल्य – केको कति ?



काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार करको दायरा बढाए लगत्तै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटबाट पेट्रोल र डिजलमा प्रतिलिटर थप एक रुपैयाँ पूर्वाधार कर लगाउने घोषणा गरेका थिए।

निगमले राति १० बजे मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोल,डिजल र मट्टितेलमा प्रतिलिटर डेढ रुपैयाँ मूल्य बढाएको हो। निगमका उपनिर्देशक विनितमणि उपाध्यायकाअनुसार बुधबार राति देखि पेट्रोलको मूल्य प्रति लिटर १११ रुपैयाँ तथा डिजेल र मट्टितेलको ९८ रुपैयाँ ५० पैसा मूल्य कायम भएको छ।