पेट्रोल, डिजेलको मूल्य घटेको हल्ला के हो ? - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पेट्रोल, डिजेलको मूल्य घटेको हल्ला के हो ?



काठमाडौं । पेट्रोल र डिजेल र मटितेलको मूल्य घटेको छ ।  नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटितेलको मूल्य घटाएको  छ । सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

जसअनुसार काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलको १ सय ८ रुपैयाँ कायम भएको छ । डिजेल र मटितेल ९६.५० रुपैयाँ प्रतिलिटरमा झरेको छ । हवाई ईन्धन र एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको गोइतले बताए ।