घट्यो पेट्रोल र डिजेलको मूल्य - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

घट्यो पेट्रोल र डिजेलको मूल्य



काठमाडौं– पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दरले घटाएको छ ।

लगातार मूल्यवृद्धि गरेपछि निगमको चौतर्फी विरोध भैरहेको थियो । पाँच विद्यार्थी संगठनको दबाबपछि निगमले मूल्य घटाएको हो।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ र डिजेल १११ रुपैयाँ कायम भएको छ। नयाँ मूल्य बुधबार राति १२ बजेपछि लागु हुनेछ।