पेट्रोल, डिजेल, ग्यास र मट्टितेलको मूल्यवृद्धि - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

पेट्रोल, डिजेल, ग्यास र मट्टितेलको मूल्यवृद्धि



मंसिर २२,काठमाडौं– निर्वाचनपछि मतगणनाको मौका छोपेर नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, ग्यास र मट्टितेलको मूल्यवृद्धि गरिएको छ।

पेट्रोलको प्रतिलिटर २ रुपैयाँ वृद्धि भएको छ भने डिजेल र मट्टितेलको ३ रुपैयाँ मूल्य बढाइएको छ। यस्तै, खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँका दरले मूल्य बढाइएको छ।

निगमले चुनाव अगाडि नै यससम्बन्धी निर्णय गरेकोमा सरकारले स्थगित गरेको थियो। निर्वाचन सम्पन्न भएको भोलिपल्टै मूल्यवृद्धि गरिएको छ। अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन गर्न मूल्यवृद्धि गरिएको निगमले जनाएको छ।