२०७५ भदौ २, शनिबार

पेन्सन खारेज गर्ने सरकारको अन्तिम तयारी !

March 30, 2018
1885 Views
Spread the love
  • 6
    Shares

काठमाडौँ । ओली सरकारले सरकारी कर्मचारीको पेन्सन हटाउने अन्तिम तयारी गरेको छ । यसको सट्टामा नयाँ प्याकेज बनाएर पेन्सन हटाउने तयारी भएको हो । सरकारले राज्यलाई दिर्घकालिन भार पर्ने धेरै कुरा काँट छाँट गरिरहेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्र जारी गर्दै सरकारी कर्मचारीलाई पेन्सन दिन नसक्ने अवस्था आएको बताएका छन् । यो वर्ष पेन्सनबापत ६२ अर्ब ४० करोड रुपैयाँ खर्च भएको र आगामी १० वर्षमा यसरी नै बढ्ने हो भने ३ खर्ब रुपैयाँले पेन्सन नाघ्ने भन्दै खतिवडाले अब देशले पेन्सन धान्न नसक्ने बताए ।

‘विगत ५ वर्षको अवधिमा सेवा निवृत्त सुविधा खर्चमा १५६ प्रतिशतले वृद्धि भएको छ, यो प्रवृत्ति कायम रहने हो भने १० वर्षमा यस्तो खर्च ३ खर्ब नाघ्ने देखिन्छ,’ खतिवडाले शुक्रवार श्वेतपत्र जारी गर्दै भनेका छन् ।

योगदानमा आधारित निवृत्तिभरका लागि कुनै कोषको व्यवस्था नगरिएको र कर्मचारीको अवकाश उमेर पुनरावलोकन नगरिएकाले कम उमेरमै कर्मचारीहरू अवकाश पाउने हुँदा पेन्सनको दायित्व बढ्दै गएको श्वेतपत्रमा उल्लेख छ ।

कर्मचारीलाई स्वेच्छिक अवकाश दिन गाह्राे

त्यस्तै मन्त्री खतिवडाले निजामती कर्मचारीलाई स्वेच्छिक अवकाश दिनसक्ने अवस्था नभएको बताएका छन् । कर्मचारी समायोजन ऐनमा रहेको स्वेच्छिक अवकाश योजना अन्तर्गत १० हजार कर्मचारीले अवकाशमा जान निवेदन दिइसकेका छन् ।

यस्तो अवस्थामा अर्थमन्त्रीले स्वेच्छिक अवकाश दिन नसकिने बताएका हुन् । ७ वर्षको पेन्सन र अन्य सुविधा भुक्तानी दिनका लागि ३० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने सरकारी अनुमान छ ।

‘स्वेच्छिक अवकाशको सिद्धान्त र अभ्यासको विपरीत समायोजन ऐनमा स्वेच्छिक अवकाशसम्बन्धी व्यवस्था भएको देखिन्छ,’ श्वेतपत्रमा उल्लेख छ, ‘अहिले प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव छ र केन्द्रबाट कर्मचारी खटाउनुपर्ने आवश्यकता छ ।

ती तहमा अनुभवी कर्मचारी खटाउनुको साटो स्वेच्छिक अवकाश योजना ल्याएर ठुलो आर्थिक दायित्व सिर्जना गरिएको छ । कर्मचारी समायोजन ऐनमा व्यवस्था गरी सार्वजानिक सूचनाबाट अवकाशमा जाने कर्मचारीको निवेदन लिइसकेको सन्दर्भमा यसको व्यवस्थापन जटिल बनेको छ ।’

Facebook Comments
  • 6
    Shares

You may be interested

अर्जुन पौडेलको सांगीतिक यात्रा सुरु, ‘देखिरन्छु जहिले’ छिट्टै सार्वजनिक हुँदै
मनोरञ्जन
0 shares14 views
मनोरञ्जन
0 shares14 views

अर्जुन पौडेलको सांगीतिक यात्रा सुरु, ‘देखिरन्छु जहिले’ छिट्टै सार्वजनिक हुँदै

विशाल पाण्डेय - २०७५, २ भाद्र २०:५१

काठमाडौँ । गीत संगीत जीवनको एक अभिन्न पाटो हो । यसलाई कसैले नकार्न सक्तैन । संगीतले मानव मष्तिस्कलाई स्फूर्त बनाउँछ…

१५ सदस्यीय टोली घोषणा: पारस कप्तान
खेलकुद
0 shares17 views
खेलकुद
0 shares17 views

१५ सदस्यीय टोली घोषणा: पारस कप्तान

himal post - २०७५, २ भाद्र १८:५२

काठमाडौँ ।  एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली शनिबार घोषणा गरिएको छ ।…

उपेन्द्र यादवले किन गरे प्रधानमन्त्रीलाई बहिस्कार ?
राजनीति
0 shares29 views
राजनीति
0 shares29 views

उपेन्द्र यादवले किन गरे प्रधानमन्त्रीलाई बहिस्कार ?

himal post - २०७५, २ भाद्र १८:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गरेका छन् । तर, प्रधानमन्त्री ओलीप्रतिको सोचाई मधेशमा…