पल शाह रिहा हुने, उच्च अदालतले दियो पूर्ण सफाई - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

पल शाह रिहा हुने, उच्च अदालतले दियो पूर्ण सफाई



काठमाडौं । कलाकर पल शाहलाई उच्च अदालत पोखराले जबरजस्तीकरणीको अभियोगमा पुर्ण सफाई दिएको छ।

शाहलाई नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले सफाई दिँदै बालयौन दुर्व्यवहार दोषी ठहर गरेको थियो ।

बाल यौन दुर्व्यवहारमा शाहलाई २ वर्ष ६ महीना कैद र पिडितलाई १२ लाख क्षेतीपुर्ती भराउने आदेश भएको थियो । जिल्ला अदालतको सो आदेश विरुद्ध शाह उच्च अदालतमा पुनरावेदनका लागि गएका थिए।

साथै सरकारी वकीलको तर्फबाट भने जबरजस्तीकरणीको अभियोगलाई कम गर्दै बालयौन दुर्व्यवहारमा दोषी ठहर गर्ने फैसला नमिलेको भन्दै जबरजस्तीकरणीमा दोषी ठहर गर्नु पर्ने माग सहित पुनरावेदन गएका थिए।

आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको फैसला उल्टाउँदै शाहलाई पुर्ण सफाई दिएको छ।

शाहविरुद्द नवलपुर तथा तनहुँ जिल्लामा एकै नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा दुई मुद्दा दायर भएको थियो। नवलपुर अदालतले उनलाई बलात्कार अभियोगमा सफाई दिँदै, बालयौन दुर्व्यवहारको कसुरमा दोषी ठहर गरेको थियो। त्यस्तै तनहुँ अदालतले भने शाहलाई पुर्ण सफाई दिएको थियो।

उच्च अदालतले नवलपुरको फैसाल उल्टाउँदै शाहलाई पुर्ण सफाई दिएको छ। यसै साथ उनी रिहा हुनेछन्।