पल शाहका समर्थकमाथि खनिइन रेखा थापा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

पल शाहका समर्थकमाथि खनिइन रेखा थापा



अभिनेत्री रेखा थापाले बलात्कारको आरोप लागेका अभिनेता पल शाहका समर्थकहरूप्रति आक्रोश पोखेकी छन् । एक गायिकाले बनावटी प्रेमको बहानामा आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि शाह अहिले प्रहरी हिरासतमा छन् । तनहुँ प्रहरीले पलविरुद्धकाे आराेपबारे अनुसन्धान गरिरहेकाे छ ।

तर पलका समर्थकहरूले बलात्कार आरोप लगाउने गायिकाको ‘नियत’ ठीक नरहेको दाबी गर्दै सामाजिक सञ्जालमार्फत आलोचना गरिरहेका बेला अभिनेत्री रेखाले आक्रोश पोखेकी हुन् ।

कसैको नाम नलिएरै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘२० वर्षमुनिका छोरीहरू बालिका हुन्, बालिका कानुनत: सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो । कोसँग लभ छ ? कति पटक यौन सम्पर्क भयो ? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलव हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरेर साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँ भरी कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रूपमा नेपालमा व्याप्त छ ।’