पल शाह फरार, पक्राउ गर्न देशभर सर्कुलर - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

पल शाह फरार, पक्राउ गर्न देशभर सर्कुलर



नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी पर्नासाथ अभिनेता पल शाह फरार भएका छन्।

जाहेरी दर्ता भएलगत्तै प्रहरीले पक्राउ गर्न खोजे पनि मोबाइल अफ गरेर उनी फरार भएको प्रहरीले जनाएको छ।

हिजो बुधबार दिउँसोसम्म भने उनी औपचारिक कार्यक्रममा सहभागी भएका थिए।

स्राेतका अनुसार रिलिजको तयारीमा रहेको फ्लिमको प्रोमोसनमा उनी सहभागी भएका थिए।

तर बुधबार अपराह्न जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएलगत्तै उनी मोबाइल बन्द गरेर गायब भएका हुन्।

उनलाई पक्राउ गर्न तनहुँ प्रहरीले हुलियासहित देशभर सर्कुलर गरेको छ।