जिल्ला अदालतविरुद्ध उच्च अदालत जाँदै पल शाह - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

जिल्ला अदालतविरुद्ध उच्च अदालत जाँदै पल शाह



अभिनेता पल (पूर्णविक्रम) शाह जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन्।

नाबालिक बलात्कार अभियोग लागे शाहलाई मंगलबार नवलपुर जिल्ला अदालतले यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो।

अदालतको पूर्णपाठ आउनै वित्तिकै पुनरावलोकनको जाहेरी दर्ता गर्ने तयारीमा आफूहरु रहेको पलका वकिल कमलामोहन वाग्लेले बताएका छन्।