नेकपाका महासचिव पौडलविरुद्ध खेद प्रस्ताव पारित - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

नेकपाका महासचिव पौडलविरुद्ध खेद प्रस्ताव पारित



बुटवल– नेपाली काँग्रेस बुटवलले सत्तारुढ नेकपाका महासचिव विष्णु पौडलविरुद्ध खेद प्रस्ताव पारित गरेको छ ।

काँग्रेस बुटवल नगर सम्मेलनले पौडेलविरुद्ध खेद प्रस्ताव पारित गरेको हो । नगर सभापति खेलराज पाण्डेले सम्मेलनमा पेस गरेको प्रतिवेदनमा पौडेलविरुद्ध खेद प्रस्ताव पासरत गर्ने प्रस्ताव राखेका थिए । सम्मेलनले सर्वसम्मतिले पौडेलविरुद्ध खेल प्रस्ताव पारित गरेको छ ।

महासचिव पौडेल रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य समेत हुन् । पौडेलले किर्ते गरी व्यक्तिका नाममा ल्याइएको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामध्ये ८ आना छोराको नाममा पास गरेका थिए । उक्त प्रकरणमा सरकारले हाल छानबिन जारी राखेको छ ।