पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली



काठमाडौँ —

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले रोस्ट्रम घेरेर सम्बोधन गर्न नदिएपछि प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीले सिंहदरबार कार्यालयमा बेलुका ५ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।

नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीको सम्बोधन भन्दा अघि आफ्ना दलका नेताले बोल्न पाउनुपर्ने भन्दै बैठकमा अवरोध गरेपछि सम्बोधन गर्ने कार्यक्रम प्रभावित भएको थियो । काङ्ग्रेसले प्रधानमन्त्रीले भन्दा आफूहरुले पहिला समय मागेको र प्रतिपक्ष दललाई पहिला समय उपलब्ध गराउनुपर्ने संसदीय अभ्यास रहेको दाबी गरेको छ ।

यसैबीच पत्रकार सम्मेलन अघि प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शीर्ष नेताहरूसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्रीले मङ्गलबार संसदमा भएको घटना , प्रतिपक्षी दलले केही समय अघि देखि उठाउँदै आएका विभिन्न विधेयक लगायतका एजेन्डा, युरोप भ्रमणका क्रममा गुठी विधेयकलाई लिएर सदन देखि सडकसम्म भएको विरोध लगायत विषयमा नेताहरूसँग परामर्श गर्नुभएको हो ।

प्रतिनिधिसभाको बैठक स्थगित भएलगत्तै नेताहरूसँग परामर्श गर्नका लागि उहाँ सिंहदरबारस्थित संसदीय दलको कार्यालय आउनुभएको थियो ।