काठमाडौमा बम विस्फोट भन्दै झुटो समाचार लेख्ने पत्रकार पक्राउ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

काठमाडौमा बम विस्फोट भन्दै झुटो समाचार लेख्ने पत्रकार पक्राउ



काठमाडौं– झूटा समाचार लेखेर आतंक फैलाउने एक पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।

‘काठमाडौ जिल्लामा १० स्थानमा वम विस्फोट’ भनि केहि दिन अगाडि सामाजिक भ्रमपूर्ण समाचार संप्रेषण गरी आतंक फैलाउने कपिलवस्तुको वाण गंगा नगरपालिका वडा नं ६ वस्ने अनलाईन आवाज डटकमका सहसम्पादक गौरव खनाललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीवाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेपछि काठमाडौं ल्याएर साईवर अपराध अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंंका अनुसार उनलाई काठमाडौ जिल्ला अदालतवाट दिन ५ म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।