यस्ता व्यक्तिलाई हुन्छ पत्थरीको समस्या - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

यस्ता व्यक्तिलाई हुन्छ पत्थरीको समस्या



नेपालीहरू पत्थरीको समस्या धेरै ग्रसित छन् । अझ भन्नुपर्दा पित्तथैलीमा पत्थरीको समस्या नेपालीहरूमा अत्यधिक रूपमा देखिन थालेको छ । संसारकै कुरा गर्दा सबैभन्दा धेरै अप्रेसन नै पित्तथैलीको हुने गरेको पाइन्छ। तर, समस्या के भने पित्तथैलीमा समस्या भएको लक्षण मानिसले थाहा पाउन सक्दैनन् । यसका कारण अत्यधिक रूपमा पेट दुख्ने गर्दछ ।

यस्ताे व्यक्तिहरूलाई हुन्छ समस्या

अत्यधिक मोटोपन भएका मानिसलाई पत्थरीको समस्या हुन सक्छ ।

शरीरको तौल एक्कासि घटेमा पनि पत्थरीको समस्या हुन सक्छ ।

मधुमेह भएका व्यक्ति पत्थरीको पनि उच्च जोखिममा हुन्छन् ।

निरन्तर खाली पेट बस्नु पनि पत्थरीका लागि टेवा पुर्‍याउनु हो ।

रक्तअल्पता छ भने पनि पित्तथैली जाँच गराउनुपर्छ । यस्ता व्यक्तिलाई पत्थरी हुने सम्भावना हुन्छ ।

गर्भनिरोधक चक्कीको बढी प्रयोग गर्नेलाई पनि पत्थरी हुन सक्छ ।

यसरी थाहा पाउनुहोस्

पत्थरी भएमा दाहिने र माथिल्लो पेट दुख्ने गर्दछ । कहिलेकाहीँ यस्तो दुखाइ दाहिने पाखुरा वा ढाडतिर सर्न सक्छ । यस्तो दुखाइ चिल्लो खानेकुराको प्रयोगपछि अझ बढ्ने गर्दछ । पत्थरीको दुखाइ भने २४ घन्टाभित्रै निको हुन्छ र फेरि दुख्न थाल्छ । समस्या जटिल बन्दै गएमा भने दैनिकजसो दुख्न थाल्छ ।

पित्तथैलीको पत्थरीको अर्को मुख्य लक्षण भनेको पेट ढुस्स हुने, फुलेजस्तो अनुभूति हुने, अपच हुने, अस्वाभाविक रूपमा डकार आउने पनि हो ।