पतंजली योगपीठ र हाम्रो स्वाभिमानद्वारा गोर्खाल्याण्ड आन्दोलनमा ग्रसित परिवारलाई राहत वितरण - Himal Post Himal Post
  • ११ श्रावण २०८३, सोमबार
  •      Mon Jul 27 2026
Logo

पतंजली योगपीठ र हाम्रो स्वाभिमानद्वारा गोर्खाल्याण्ड आन्दोलनमा ग्रसित परिवारलाई राहत वितरण



हिमाल पोस्ट /भारत ,२३ 

गोर्खाल्याण्डको मागलाई लिएर लामो समय देखि चलेको आन्दोलनले केही राहत पाउने आशा पछि स्थगित भएको छ । यसैबिच पंतजली योगपिठ परिवार एंव हाम्रो स्वाभिमान ट्रस्टले मृतकका परिवार आन्दोलनमा परि ग्रसित नागरिक र घाईतेहरुलाई केही राहत सामाग्री वितरण कार्य दार्जिलिङ देखि सुरु गरेको छ।

सरकारबाट पाउने आशा अहिले प्राप्त गर्न नसके पनि पंतजली योगपिठ परिवार एंव हाम्रो स्वाभिमान ट्रस्टबाटबाट राहत सामाग्री पाउने भएका छन्। पंतजली योगपिठ परिवार एंव हाम्रो स्वाभिमान ट्रस्टले आन्दोलनमा ज्यान गुमाएका परिवार र घाईतेहरुलाई खाद्य बस्तु वितरण गर्न लागेको हो। हाम्रो स्वाभिमान ट्रस्टले पहाडका आन्दोलित प्रभावित क्षेत्रमा राहत वितरणको कार्य गर्ने लागेको छ। गोर्खालीहरुले आफ्नो ज्यान समेत गुमाएर गोर्खाल्याण्डको मागको लडाई लडेका हुन् ।

सरकारसंगको वार्ता पछि उग्र भएको आन्दोलन स्थगित भएको छ। गोर्खाल्याण्डको लागि केहि  आन्दोलनकारीहरुको ज्यान गएको छ भने सयौँ व्यक्तिहरू अंगभङ भई घाइते समेत भएका छन्। यस्तो अवस्थामा पंतजली योगपिठ परिवार एंव हाम्रो स्वाभिमान ट्रस्टले मृतकका परिवारको पीडा र घाईतेहरुको घाउमा मलम लगाउने कार्य अघि बढाएको हो ।  पंतजली योगपिठ परिवार  र  हाम्रो स्वाभिमान  ट्रस्टका पदाधिकारी राष्ट्रिय उपाध्यक्ष सी पी गिरी  , राष्ट्रिय महामन्त्री प्रेम क्षेत्री , केन्द्रीय कार्यकर्ता भूपेन्द्र बस्नेत  लगायत चीफ कोअर्डिनेटर (पश्चिम बंगाल ) विनिता राईद्वारा  उक्त राहत सामाग्री वितरण कार्य भएको छ ।