रामदेवको पतञ्जलिले उत्पादन गरेका औषधिमाथि प्रतिबन्ध - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

रामदेवको पतञ्जलिले उत्पादन गरेका औषधिमाथि प्रतिबन्ध



उत्तराखण्डमा रामदेवको कम्पनी पतञ्जलिका औषधि प्रतिबन्ध लगाएको छ । रामदेवको कम्पनीले उत्पादन गरेका पाँच औषधि उत्पादनमा प्रतिबन्ध लागेको हो।

भारतीय मिडियाका अनुसार कम्पनीमाथि ‘भ्रामक विज्ञापन’ गरेको आरोपसहित यो कारवाही चलाइएको हो।
उत्तराखण्डको अथोरिटीज अफ आयुर्वेदिक एण्ड युनानी सर्भिसेजले पतञ्जलिका पाँच औषधिमा रोक लगाएको हो। यी औषधि पतञ्जलिका लागि दिव्य फार्मेसीले उत्पाद गरिरहेको छ।

कम्पनीलाई सञ्चारमाध्यममा यी पाँच उत्पादनको विज्ञापन पनि फिर्ता लिन भनिएको छ। द हिन्दूको रिपोर्ट अनुसार योग गुरु रामदेवको पतञ्जलि कम्पनीमार्फत आउने यी फार्मेसीमाथि ‘ड्रग्स एन्ड म्याजिक रेमेडिज एक्ट’ को पटक पटक उलंघन गरेको आरोप छ।

उत्तराखण्ड आयुर्वेदिक र युनानी सर्भिसेजका लाइसेन्स अफिसर डक्टर जी.सी.एस जंगपंगीको तर्फबाट जारी पत्रमा फार्मेसीले तत्काल दिव्य मधुग्रिट, दिव्यआईग्रिट गोल्ड, दिव्य थाइरोग्रिट, दिव्य बीपीग्रिट र दिव्य लिपिडोम औषधि उत्पादन रोक्न भनिएको छ।

यी औषधिको प्रयोग मधुमेह, आँखाको संक्रमण, थाइराइड, रक्तचाप र कोलेस्ट्रोल नियन्त्रणका लागि प्रयोग गरिन्छ।

डाक्टर जंगपंगीलाई उद्धृत गर्दै भनिएको छ, ‘हाीले एक टीम बनाएका छौँ। जसले यी औषधिहरुको फर्मुलेशन सिटको समीक्षा गर्छन्। दिव्य फार्मेसीलाई एक साताभित्र रिभाइज्ड लेभल क्लेम पनि जम्मा गर्न पनि भनिएको छ।’

समाचार अनुसार रामदेवका यी चार औषधिको फर्मुलेशनलाई सम्बन्धित विभागबाट अनुमति नमिलेसम्म उत्पादन बन्द राख्न भनिएको छ।

अधिकारीले भविष्यमा पनि दिव्य फार्मेसीको विज्ञापनलाई आयुर्वेद एन्ड युनानी लाइसेन्सिङ अथोरिटीबाट अनुमति लिनुपर्नेछ।

यदि अनुमतिबिना विज्ञापन चलाइरहेमा फार्मेसीमाथि ड्रग्स एन्ड म्याजिक रेमेडिज (आपत्तिजनक विज्ञापन) कानुन र ड्रग्स एन्ड कस्मेटिक्स एक्ट अनुसार १७० मा टेकेर मुद्दा चलाउन सकिने अधिकारीले जनाएका छन्।