कला लम्सालको 'पातली' चर्चामा ( भिडियो सहित) - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

कला लम्सालको ‘पातली’ चर्चामा ( भिडियो सहित)



समीर प्रकाश पाण्डे

हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै छ भने यता नेपाली गीत सङ्गीतको बजारमा दिन प्रति दिन नयाँ नयाँ तिज गीत सार्वजनिक भएका छन् । त्यसै क्रममा गायिका कला लम्सालको तीज गीत ‘पातली’ सार्वजनिक भएको केही दिनमै चर्चा कमाउन थालेको छ ।

गीतमा चर्चित सर्जक शिव हमालको लय तथा शब्दमा रहेको छ । गीत कला लम्सालकै युटुव च्यानलबाट सार्वजनिक भएको हो । शान्ति सुनार र सुशीला गौतमको समूहको गायन रहेको छ ।

भिडियोसहित सार्वजनिक भएको यो गीतमा गायिका कला र मोडल करिश्मा ढकालको नृत्य रहेको छ। प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा राजेश घिमिरेको छायाङ्कन र विष्णु शर्माको सम्पादन रहेको छ ।