राहदानी वितरण बन्द - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

राहदानी वितरण बन्द



काठमाडौं- राहदानी विभागले अत्यावश्यकबाहेकका राहदानी वितरण बन्द गरेको छ।

विभागका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि विभागले अत्यावश्यकबाहेकका राहदानी वितरण बन्द गरेको हो।

विभागले सूचना जारी गर्दै विदेश जानुपर्ने महत्वपूर्ण कारणका आधारमा राहदानी जारी गर्ने जनाएको छ।

‘विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवाबाहेक यस विभागबाट प्रदान गरिने राहदानी सेवासम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मको लागि सीमित गरिएको छ,’ विभागको सूचनामा उल्लेख छ।

अत्यावश्यक वा गम्भीर कारणले विदेश जानुपर्नेहरूलाई मात्रै राहदानी दिइने विभागका प्रवक्ता शरदराज आरनले जानकारी दिए। उनका अनुसार विभागका १५ कर्मचारीलाई कोरोना संक्रमण भएको छ।

विभागले हाललाई बुकिङ तथा टोकन वितरण पनि स्थगन गरेको र अवस्था सामान्य भएपछि सेवाहरु सुरु गरिने भएको छ।