पशुपति शर्माको अर्को गीत पनि भाइरल - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पशुपति शर्माको अर्को गीत पनि भाइरल



काठमाडौं । गायक पशुपति शर्मा नयाँ गीत लिएर स्रोता तथा दर्शकमाझ आएका छन् । ‘लुट्न सके लुट् कान्छा’ पछि शर्मा ‘क्यार्न माया मारिचौ’ बोलको गीत लिएर आफ्ना स्रोता तथा दर्शक माझ आएका हुन् ।

‘क्यार्न माया मारिचौ’मा शब्द तथा संगीत गायक स्वयम्को छ । उनलाई स्वरमा सम्झना भण्डारीले साथ दिएकी छन् ।

संगीत संयोजन आशिष अविरलको छ । प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडियोमा शर्मा र भण्डारी स्वयम् फिचर्ड छन् ।

‘लुट्न सके लुट कान्छा’ नेकपा निकटको भातृ संस्था युवा संघका केही व्यक्तिले युट्युबबाट हटाउन आग्रह गरेपछि शर्माले युट्युबबाट गीत डिलिट गरेका थिए । उक्त विषले राष्ट्रिय राजनीतिमा समेत प्रवेश पाएको थियो ।

संसदमा पक्ष र विपक्षमा सांसद विभिाजित भएका थिए । गीतले विद्यमान भ्रष्टाचार, बेथिती र बेरोजगारीप्रति व्यङ्ग्य गरेको थियो ।