पशुपति शर्मालाई जनताको साथ : ५ बजे माइतीघरमा प्रदर्शन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पशुपति शर्मालाई जनताको साथ : ५ बजे माइतीघरमा प्रदर्शन



काठमाडौं । सरकारले पशुपति शर्माको लुट्न सके लुट् कान्छा बोलको गीत प्रतिबन्ध लगाएको विरोधमा आईतबार अपराह्न माईतीघर मण्डलामा सार्वजनिक रुपमा सो गीत गाईने भएको छ । शुक्रबार युटुवमा राखिएको सो गीत नेकपाका कार्यकर्ता र सरकारी संयन्त्रको चर्काे दबाबपछि युटुबबाट हटाउन लगाईएको थियो।

स्वतन्त्र नागरिकको नामबाट आयोजना गरिएको सो कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रताको प्रतिबन्धित सो गीत सार्वजनिक रुपमा बजाउन लागिएको हो । अपराह्न ५ बजे माईतीघर मण्डलामा सार्वजनिक रुपमा सो गीत बजाउन लागिएको हो ।

शुक्रबार सो गीत सार्वजनिक भएसँगै युवा संघका अध्यक्ष लगायतका नेकपाका नेता तथा कार्यकर्ताहरुले सो गीतको चर्काे रुपमा विरोध गरिएको छ । सो गीतमा प्रयोगगरिएका केही शब्दहरुप्रति आपत्ति जनाउँदै सरकारी तवरबाटै यस्तो प्रतिबन्ध लगाउने काम गरिएकोप्रति सरकारको समेत चर्काे विरोध र अलोचना भईरहेको छ ।