पश्चिमा मुलुकमा झैँ अब नेपाली महिलाले पनि बिहे नगरी बच्चा जन्माउन पाउने - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

पश्चिमा मुलुकमा झैँ अब नेपाली महिलाले पनि बिहे नगरी बच्चा जन्माउन पाउने



काठमाडौं । संसारभरका महिला अधिकारकर्मीले दशकौंदेखि उठाउँदै आएको मुद्दा हो–‘आफ्नो शरीर, आफ्नो हक’।

जुन यौन तथा प्रजनन हकमा विद्यमात पितृसत्ताको नियन्त्रणविरुद्ध कठा चुनौति हो। पश्चिमका धेरै मुलुकमा यही मुद्दामा उचिएर चलेको आन्दोलनले महिलालाई विवाह नगरे पनि बच्चा जन्माउने हक दिलाईसकेको छ।

अब भने पश्चिमा मुलुकमा झैँ नेपालमा पनि बच्चा जन्माउन बिहे गर्नै पर्ने कानुनी व्यवस्था हट्ने भएको छ।

संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजनन्सम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ।

अधिवक्ता मीरा ढुंगानाले महिलालाई कति बेला बिहे गराउने र कति बेला बच्चा जन्माउन लगाउने भनेर प्रत्यक्ष÷अप्रत्यक्ष दबाब दिँदै आएको हाम्रो पितृसत्तामा यो ठूलो प्रगति भएको बताइन्।  खबर आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन।