पर्यटन प्रवर्द्धनका लागि सुदुरपश्चिममा साईकल यात्रा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पर्यटन प्रवर्द्धनका लागि सुदुरपश्चिममा साईकल यात्रा



कैलाली । पर्यटन प्रवर्द्धनका लागि सुदुरपश्चिम साईकल यात्रा हुने भएको छ । कैलालीदेखि कञ्चनपुरसम्ममा साईकल यात्रा हुन लागेको हो । युथ स्पोटर्स क्लब धनगढीको आयोजनामा पर्यटन प्रवद्र्धन गर्नका लागि दुई दिने साईकल यात्रा हुने भएको हो ।

फागुन २४ गते धनगढीदेखि सुरु भएर फागुन २५ गते महेन्द्रनगर पुगेर साईकल यात्रा समापन हुने शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ । साईकल यात्रामा देशभरका ४०जना साईकल यात्रीहरुको सहभागीता रहनेछ । नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुग्ने अपेक्षा सहित गरिन लागेको साईकल यात्राका लागि साढे तीन लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

कैलाली कञ्चनपुरमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्नका लागि साईकल यात्रा गर्न लागिएको हो । फागुन २३ गते धनगढीका विभिन्न पर्यटकीय र धार्मिक स्थलहरुको भ्रमण गराईनेछ । त्यसपछि फागुन २४ गते धनगढी रंगशालादेखि साईकल यात्रा सुरु भएर विभिन्न स्थानमा स्वागत हुँदै पहिलो दिन मझगाउँ होमस्टेमा वास वस्नेछ । दोस्रो दिन कञ्चनपुरका पर्यटकीय क्षेत्रको साईकल मार्फत भ्रमण गराएर कार्यक्रम समापन गर्ने तालिका बनाईएको पत्रकार सम्मेलनमा टुर दी फारवेष्ट साईकल यात्राका संयोजक टेकराज पनेरुले जानकारी दिए ।