पार्टी भित्रै प्रचण्डको तीब्र आलोचना ! - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

पार्टी भित्रै प्रचण्डको तीब्र आलोचना !



१८ कात्तिक, काठमाडौं । सरकार नेतृत्व गरेको एक सय दिन नपुग्दै नेकपा माओवादी केन्द्रभित्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तीब्र आलोचना सुरु भएको छ ।

परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएएको, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा सार्वजनिक विदा घोषणा गरेको, इमान्दार र क्षतावानलाई पन्छाएर आफू र परिवारका सदस्य रिझाउनलाई राजनीतिक नियुक्तिमा लागेको आरोप लगाउँदै उनको आलोचना हुन थालेको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

भारतको गोवामा जाँदा प्रधानमन्त्री दाहालले आफ्ना पराराष्ट्र मामिलाका सल्लाहकार ऋषि अधिकारीको नाम काटेर निजी चिकित्सक युवराज भुसाललाई लगेको विषय सेलाउन नपाउँदै प्रशासनिक सल्लाहकारमा भाइ नारायण दाहाललाई निुयुक्ति गरेपछि उनको तीव्र आलोचना सुरु भएको छ ।