पार्टीको चरम गुटबन्दीले ३ तहको निर्वाचनमा काङ्ग्रेस खुम्चिएको हो : पन्थी - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

पार्टीको चरम गुटबन्दीले ३ तहको निर्वाचनमा काङ्ग्रेस खुम्चिएको हो : पन्थी



काठमाडौँ । नेपाल तरुण दल अर्घाखाँची काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको दशैको शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रममा बोल्दै नेपाल तरुण दल जिल्ला कार्य समितिका सदस्य ठाकुर पन्थीले रुख चिन्हमा मतदान गर्ने आफु जस्तै धेरै काङ्ग्रेस कुन गुट भित्र पर्छौ बताउन आग्रह गरे ।

अर्जुन पोख्रेलको अध्यक्षता तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण को प्रमुख अथित्यमा शनिबार सम्पन्न कार्यक्रममा तरुण दल केन्द्रीय कोषाध्यक्ष विद्वान् गुरुङ , चिकित्सा संघ केन्द्रीय अध्यक्ष मुक्ति श्रेष्ठ , नेका नेता अर्घाखाँचीका हिम्मत टण्डन , जय बहादुर टण्डन , केसब श्रेष्ठ , तारा श्रेष्ठ एवम् विद्यार्थी संघ केन्द्रीय सदस्य लक्ष्मण पन्थी टि यु सभापति हरी आचार्य लगायत दर्जनौ  नेेताको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा पन्थीले आफूलाई आक्रमक रुपमा प्रस्तुत गर्दै पार्टी को चरम गुटबन्दीले ३ तहको निर्वाचनमा काङ्ग्रेस खुम्चिन परेको बताए । एउटा कार्यकर्ता आज पार्टी बलियो बनाउ भन्ने तिर नभएर आफु कुन नेताको छहारीमा सुरक्षित रहिन्छ भन्ने सोचेर तल्लो स्थर बाट नै गुट बन्दी शुरु भएको बताए । लोकतान्त्रीक पार्टी मा गुट हुन्छ नै तर यो एकले अर्को लाई स्वीकार गर्न नसक्नु बिडम्बना भएको बताउँदै यो गुट बन्दी लाई रोक्न सभापति छान्ने अधिकार क्रियाशील सदस्यलाई दिन आग्रह गरे ।

पन्थीले कार्यक्रममा बोल्दै महाधिवेशन प्रतिनिधि कुनै न कुनै गुट मा आवद्ध भएको हुदा यो चरम गुटको अन्त्य को लागि आफ्नो नेता क्रियाशील सदस्य ले छान्न पाउनु पर्ने बताए करीब १० मिनेट बोलेका पन्थी लाई हल बाट तालीले कार्यकर्ताले समर्थन गरेका थिए भने अधिकांश नेताले आफ्नो मन्तव्यको क्रममा पन्थीले काङ्ग्रेसको  वास्तविक अवस्था बताएको भन्दै प्रशंसा गरेका थिए ।