निर्वाचन आयोगमा पार्टी फुटाउने सहमति गरेर फर्किए जसपा नेताहरू - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

निर्वाचन आयोगमा पार्टी फुटाउने सहमति गरेर फर्किए जसपा नेताहरू



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) फुट्ने पक्का भएको छ। विवाद समाधानका लागि मंगलबार निर्वाचन आयोगमा पुगेर उनीहरूले अलग हने सहमति गरेका छन् । दुवै पक्षका नेताहरूले आयोगलाई आफूहरू मिल्न नसक्ने बताएका छन्।

निर्वाचन आयोगले सहमतिका लागि बोलाएपछि आयोग पुगेका नेताहरूले आफूहरु मिल्न नसक्ने बताएका हुन्। आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताको साटो फुटेर आ–आफ्नो बाटो लाग्न सहमत भएका हुन् ।

दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ ।
निर्वाचन आयोग स्रोतका अनुसार जसपाका नेताहरू एकताका लागि सहमत भएनन् । तर फुट्नका लागि सहमत भएर फर्किए । दुबै पक्षले आधिकारिकताका लागि दावी पेश गर्ने सहमति गरेका छन् ।

आयोगले जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने र दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति जुटेको आयोग स्रोतको भनाइ छ । अब निर्वाचन आयोगले आधिकारिकताका लागि दुबै पक्षलाई दावी पेश गर्न आग्रह गर्नेछ।

आजको बैठकमा महन्थ ठाकुर पक्षबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी थिए भने उपेन्द्र यादव पक्षबाट नेता यादव सहित मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।