पार्टी एकता र सरकार निर्माणको काम एकैसाथ अगाडी बढ्ने: प्रचण्ड - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पार्टी एकता र सरकार निर्माणको काम एकैसाथ अगाडी बढ्ने: प्रचण्ड



कैलाली  । पार्टी एकता र सरकार निर्माणको काम संगसंगै अगाडी बढ्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । कैलालीको भजनीमा आजवाट सुरु भएको भजनी महोत्सबको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

वाम गठबन्दनबिच पार्टि एकता हुदैन कि भन्ने बिभिन्न भ्रमात्मक सन्देशहरु फैलिरहेको बताउदै उनले भने अब चाडै पार्टि एकता र सरकार निर्माणको काम एकैसाथ अघि बढ्ने गरी तयारी भैरहेको छ यसमा तपाईहरुले कुनै शंका आशंका नगर्नुहोस् । उनले अब जनताले विकास चाहेकाले बामका स्थिर सरकार बनेपछि देशमा विकास निर्माणका कामले गति लिने धाराणा राखे ।

प्रकृतिक सम्पदाले भरिपुर्ण रहेको प्रदेश नं ७ को बिकासमा कुनै समस्या नरहेको भन्दै उनले यस क्षेत्रमा रहेका सो्रत र साधनको खेजी गरि उचित संम्बद्धन गर्न सके ७ नं प्रदेशमा विकासले फड्को मार्ने बताए ।

कैलाली जिल्लाकै ऐतिहासिक बजार भजनीमा व्यापार , ब्यबसाय ,उधोगधन्दा र कृषिको राम्रो सम्भावना भएको हुदा यस क्षेत्रको विकासका लागी अब बन्ने सरकारमा आफुले पहल गर्ने उनले प्रतिबद्धता जनाए ।

उनले यस ठाउमा रहेको छोटी भन्सारको स्तरोउन्नतिका लागी पनि आफुले पहल गर्ने बताए । केन्द्र सरकारको तर्फबाट यस क्षेत्रमा छोटि भन्सारको स्तोरउन्ति ,नदी कटानको समस्या समाधान ,कृषिमा लगानी लगाएतका बिभिन्न मागहरु राख्दै आयोजक भजनी उधोग वाणिज्य संघका पदाधिकारीहरुले १५ सुत्रिय माग राखेका छन् । अध्क्षय प्रचण्डले सो महोत्सवको उद्घाटन संगै भजनी नगरपालीकाको भवनको पनि शिलान्यास गरे ।

भजनी उद्योग बाणीज्य संघका अध्क्षय प्रेम राज जैशीको अध्क्षयतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सांसद लेखराज भट्ट, गौरी शंकर चौधरी लगाएतको उपस्थिति रहेको थियो ।

करिब ६० ओटा बिभिन्न खाले स्टलहरु रहेको महोत्सबमा हरेक दिन स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बिशेष प्रस्तुति रहेने आयोजकले जनाएको छ । आजवाट सुरु भएको महोत्सव माघ २४ गते सम्म चल्ने छ ।

सुदुर खबर बाट साभार गरिएको