जब ओली र प्रचण्डले पार्टी एकता भएको घोषणा गरे... - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

जब ओली र प्रचण्डले पार्टी एकता भएको घोषणा गरे…



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एक भएको घोषणा गरेका छन् । रिपोर्टर्स क्लबको २० औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ऋषि धमलाको प्रश्नको उत्तर दिंदै उनले पार्टी एक भैसकेको बताएका हुन ।

ऋषि धमलाले केपी ओली र प्रचण्डलाई पार्टी एकताको  घोषणा गर्न आफ्रह गरेका थिए । अबको समय समृद्धिको भएकोले तपाई दुबैजनालाई पछाडी फर्कने ठाउँ छैन धमलाले भने । प्रत्युत्तरमा प्रचण्डले भने’ हामी घोषणा गर्यौं एकता भयो । ल घोषणा भयो’ । ओलीले यसैलाई निरन्तरता दिंदै भने ‘प्रचण्ड जी आजसम्म माओवादीको अध्यक्ष हुनुहुन्थ्यो । अब होईन’ ।

 

कार्यक्रममा बोल्दै प्रचण्डले लामो समयको आन्दोलन र पीडापछि देश समृद्धिको बाटोमो हिँडेको भन्दै उनले अब पनि आन्दोलन र हिंसाका कुरा गर्नु राष्ट्रकै लागि दुखद् हुने बताए ।

‘अब देश विकास र समृद्धिको बाटोमा हिडेको छ’, उनले भने, ‘ ७० वर्ष ठूलो पीडाबाट गुज्रिएर आयौं, अब आन्दोलन र हिम्साको कुरा गर्नुभन्दा दुःखको कुरा अरु केही हुँदैन्, हिंसा र आन्दोलन जनतालाई सह्य पनि हुँदैन ।’

अध्यक्ष प्रचण्डले लामो समय विदेश नीतिका सम्बन्धमा छिमेकीसँग सन्तुलित भन्दा पनि ‘फुटाउ र राज गर’को नीति अपनाइएको बताए । अब नेपालले सन्तुलित विदेश नीति लिने भन्दै उनले भारत र चीनलाई संकेत गर्दै नेपाल कतैतर्फ पनि नझुक्ने बताए ।

‘अब समय फेरिएको छ, जनता सार्वभौम बनेका छन्’, उनले भने, ‘हामी प्रो इन्डियन र प्रो चाइनीज होइन प्रो नेपाली हौं ।’

रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलाबारे बल्दै उनले आफू पहिलोपटक सार्वजनिक हुँदा अन्तर्वार्ता लिने व्यक्ति भएको बताए ।
‘२०६३ साल असार २ गते बालुवाटारमा पहिलोपटक सार्वजनिक हुँदा खुल्ला राजनीतिमा मेरो पहिलोपटक सार्वजनिक अन्तर्वार्ता लिने ऋषि धमला हुनुहुन्थ्यो’, उनले भने, ‘उहाँले मलाई राति साढे १ बजे अन्तर्वार्ता दिन बाध्य पार्नुभयो ।’

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, लालबाबु पण्डित , राष्ट्रिय सभाका अध्यक्ष, रुक्माङ्गद कटवाल, भारतीय राजदुत मन्जिवसिङ्ह पुरी, डिआइजी सर्वेन्द्र खनाल, चिनियाँ राजदुतावासका प्रतिनिधि छन् ।