फेरी ठुलो पार्टी बनाउने देउवाको नयाँ सुत्र - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

फेरी ठुलो पार्टी बनाउने देउवाको नयाँ सुत्र



नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीलाई एक बनाएर लैजाने संकल्प पूरा गर्ने बताएका छन्।

नेपाल दलित संघ चितवनले आज आयोजना गरेको प्रदेश ३ स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले पार्टीभित्रका अन्तर्घातीलाई कारबाही गरेर पार्टीलाई एक बनाएर लैजाने बताएका हुन्।

सभापति देउवाले पछिल्लो निर्वाचनमा अन्तर्घात धेरै भएका कारण सोचेजस्तो परिणाम आउन नसकेको उल्लेख गर्दै ‘छिनछिनमा विचार, मनस्थिति परिवर्तन गर्नेका कारण निर्वाचनमा हार व्यहोर्नु परेको हो भने।’

सभापति देउवाले निर्वाचनमा हारको सम्पूर्ण जिम्मेवारी नेतृत्वलाई मात्र दिएर हुँदैन भन्दै हार के कारणले भयो उम्मेदवारले भन्नुपर्ने बताए। ‘आफू नेपाली कांग्रेसलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ हिंडेको छु’ उनले भने,’पार्टीभित्रका अन्तर्घातीलाई कारबाही गरी अन्तर्घातमुक्त पार्टी बनाउनुपर्छ, अनि मात्रै कांग्रेस पुरानो अवस्थामा फर्किन्छ।’