विप्लवका दाइने हातले पार्टी छाडे - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

विप्लवका दाइने हातले पार्टी छाडे



बाँके । नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका बाँके जनसरकार प्रमुख देवबहादुर रोकायाले पार्टी परित्याग गरेका छन् ।

पार्टीको क्रियाकलापप्रति चित्त नबुझेको भन्दै जनसरकार प्रमुख रोकायाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । नेपालगञ्ज व्यापार व्यवसाय गरेर बसेका जनसरकार प्रमुखलाई राज्यले पटक–पटक समातेर थुनेको थियो । पछिल्लो पटक बैशाख २२ गते समातेको प्रहरीले जेठ १३ गते छोडेको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।