पार्टीको नाम जुधेपछि बाबुराम र उपेन्द्रलाई तनाव - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

पार्टीको नाम जुधेपछि बाबुराम र उपेन्द्रलाई तनाव



काठमाडौं– संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीचको पार्टी एकीकरण घोषणा आज हुँदैछ ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा विहान ११ः ४५ मा आयोजना हुने एक कार्यक्रमकाबीच दुई पार्टी बीचको एकीकरण घोषणा हुने कार्यक्रम सार्वजनिक भएको छ ।

शनिवार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईले दुई पार्टीबीचको एकीकरणको सहमति पत्रमा हस्ताक्षर गरेका थिए । र, एकीकृत पार्टीको नाम समाजवादी पार्टी, नेपाल रहेन सहमति गरेका थिए ।
तर, एकीकृत पार्टीको नामले भने नयाँ पार्टीलाई समस्या पारेको छ ।

किनकी यो नामको पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको पाइएको छ ।

पार्टी एकीकरणको घोषणा हुनुभन्दा पहिला दुबै दलका प्रतिनिधि निर्वाचन आयोग पुगेर बुझ्दा समाजवादी पार्टी, नेपाल नाम गरेको दल पहिला देखि नै निर्वाचन आयोगमा दर्ता भएको फेला परेको हो ।

एकीकृत पार्टीको नाम जुधेका कारण अब पार्टीको नाम के राख्ने भन्ने विषयमा छलफल भइरहेको छ । दुई पार्टीबीचको सहमति अनुसार पार्टीको नाम भने समाजवादी पार्टी नै रहनेछ अब ‘नेपाल’ शब्दलाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको फोरमका नेता परशुराम बस्नेतले जानकारी दिए ।

‘नेपाल’ शब्दलाई पछाडि राख्ने सहमति दुई पार्टीका अध्यक्षबीच भएको थियो तर निर्वाचन आयोगमा यस्तो नाम पहिला नै भएपछि अब नेपाल कहाँ राख्ने वा नेपाल नै नराखी समाजवादी पार्टी मात्र राख्ने विषयमा नेताहरु छलफलमा जुटेका छन् ।