पार्टी एकता दुई हप्ताभित्र हुन्छ :नेता पौडेल - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

पार्टी एकता दुई हप्ताभित्र हुन्छ :नेता पौडेल



पाल्पा, ] : नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टी एकता दुई हप्ताभित्र हुने बताउनुभएको छ ।

प्रेस चौतारी पाल्पा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचका पार्टी एकता पदका कारण नरोकिने र पार्टी एकता बिथोल्ने कुनै पनि प्रयास सफल नहुने बताउनुभयो ।

अज्ञानताबाट नभै योजना र लक्ष्यका साथ अघि बढाइएकाले एकता प्रक्रिया नरोकिने उहाँको भनाइ थियो ।

पार्टी एकताले देशमा अस्थिरताका साथसाथै भ्रष्टाचार, महिला हिंसा, बोक्सी प्रथा लगायतका बेथिति अन्त्यका लागि पनि ठूलो सहयोग हुने उहाँले उल्लेख गर्नुभयो । (रासस)