नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएन ,लाग्यो ‘अण्डरलाइन’ - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएन ,लाग्यो ‘अण्डरलाइन’



काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रले एकीकरणपछिको पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ रहने निर्णय गरेका थिए। तर निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टीको नाममा अर्काे पार्टी दर्ता भएकाले सोही नाममा अन्डरलाइन राखेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिइएको छ।

नेपाल कम्युनिस्ट पार्टीको नाममा ऋषि कट्टेलको अध्यक्षतामा दल पहिले नै दर्ता भइसकेकाले नाममा अन्डरलाइन गरेर निवेदन दर्ता गरिएको हो। निर्वाचन आयोगका अधिकारीहरुले सोही नाममा अर्काे पार्टी दर्ता गर्न नमिल्ने बताएपछि नाममा अन्डरलाइन गरिएको हो।

दल दर्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली तथा सहअध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड, माधव नेपाल लगायतका नेताहरु आयोग पुगेका थिए।नेपाल लाईभको सहयोगमा