पर्सामा फेरी आँधीको बितण्डा : ठूलो क्षति भएको आशंका - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

पर्सामा फेरी आँधीको बितण्डा : ठूलो क्षति भएको आशंका



वीरगन्ज : आइतवार साँझ वर्षासँगै आएको हावाहुरीले पर्सामा फेरि क्षति पुगेको छ। अहिलेसम्म पाँचजना घाइते भएको जानकारी आएको छ भने पुरा विवरण आउन बाँकी छ ।

इनरुवामा रुख ढलेर बाटो अवरुद्ध भएको जनाइएको छ । वीरगन्जको लिंकरोडमा रहेको सामुदायिक रेडियो नारायणी एफएमको टावर र सोलार प्यानलमा क्षति पुगेपछि साँझ ६ बजेपछि रेडियो प्रशारण बन्द भएको छ।

हुरीले रेडियोको टावर बाँगिएको र १० वटा भन्दा बढी सोलार प्यानल पनि क्षति पुगेकोखबर प्राप्त भएको छ ।

वीरगन्ज ७ रामटोलमा महेस साहको निर्माण भइरहेको घरको पर्खाल भत्किदा त्यसमा च्यापिएर स्थनीय १६ वर्षीय ओमप्रकाश साह, १८ वर्षीय दिपेन्द्र पटेल र १५ वर्षीय सुनिल पटेल तथा वीरगन्ज १६ इनरुवामा नेक महम्मदको आफ्नै घर भत्किदा १४ वर्षीया छोरी गुल्सन खातुन र ३८ वर्षीया पत्नी शायदा खातुन घाइते भएका हुन्। पाँचैजना घाइतेको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

इनरुवामा रुख ढलेर अवरुद्ध बाटो सुरक्षाकर्मीले बाटो खुलाउने काम गरिरहेका छन्।

फाइल तस्बिर