पर्सामा भीषण वर्षा-एकजनाको मृत्यु ,६ जना घाइते - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

पर्सामा भीषण वर्षा-एकजनाको मृत्यु ,६ जना घाइते



पर्सा : आइतबार साँझ भीषण वर्षासँगै आएको हावाहुरी र चट्याङबाट एकजनाको मृत्यु भएको छ। भीषण हावाहुरीमा परेर अन्य ६ जना घाइते भएका छन् ।

हावाहुरीसँगै आएको चट्याङ लागेर ठोरी गाउँपालिका १ का २१ वर्षीय राजु विष्टको मृत्यु भएको छ। घमुनि खेतमा भैँसी चराउन गएका बेला चट्याङ लागेर विष्टको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जानकारी दिएको छ।

दार्चुला घर भएका विष्ट, कक्षा ११ को परीक्षा दिएर ठोरीस्थित मामा घरमा दुई सातादेखिि बसेका थिए। उनीसँगै चट्याङल. भैँसी पनि मरेको छ। हुरीका क्रममा वीरगन्ज महानगरपालिका ७ रामटोलमा महेश साहको निर्माणधीन घरको पर्खाल भत्किएर च्यापिँदा १६ वर्षीय ओम प्रकाश साह, १८ वर्षीय दीपेन्द्र पटेल र १५ वर्षीय सुनिल पटेल घाइते भएका छन्। त्यस्तै वीरगन्ज १६ इनरुवामा नेक महम्मदको घर भत्किँदा उनकी छोरी १४ वर्षीया गुल्सन खातुन र पत्नी ३८ वर्षीय शायदा खातुन घाइते भएका प्रहरीले जनाएको छ। घाइते सबैजनाको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

हुरीले वीरगन्जको लिंकरोडस्थित नारायणी एफएमको टावर र सोलार प्यानल भत्काएको छ। त्यसकारण आइतबार साँझ ६ बजेदेखि रेडियोको प्रसारण अवरुद्ध भएको स्टेशन म्यानेजर क्रान्ति शाहले जनाएका छन्। उनका अनुसार हुरीले रेडियोको टावरको वायर पिलर उखेलिदिएको छ। हावाहुरीले वीरगन्जको इनरुवामा रुख ढलेर बाटो अवरुद्ध भएको छ। हुरीले छपकैयास्थित प्रहरी चौकीको पर्खाल लडाइदिएको छ । हावाहुरीले बिजुलीको पोल ठाउँ ठाउँमा ढालिदिएको छ।

हावाहुरीले पर्साको पोखरीया नगरपालिका, सेढवा, बिन्दवासिनि गाउँपालिका, बिरिञ्चीबर्वालगायतका स्थानहरुमा ठुलो क्षति पुगेको स्थानियबासिन्दाले बताएका छन्। गत चैत १७ गते शक्तिशाली हावाहुरी पर्सा बरामा आउँदा ३० जनाको मृत्यु र करिब २ हजार घरमा क्षति पुगेको थियो भने ५ सय जना घाइते भएको थिए ।फाईल तस्विर