धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडीमा पार्किङ स्थल बन्दै

विशाल पाण्डेय / कैलाली ।
धार्मिक तथा पर्यटकीय क्षेत्रमा रहेको कैलालीको घोडाघोडी मन्दीर क्षेत्रमा पार्किङ स्थल निर्माण गरिने भएको छ ।
मन्दिरमा दर्शन गर्न आउँने दर्शनार्थी तथा घोडाघोडी तालको अवलोकन गर्न आउने पर्यटकहरुको सवारी चापलाई मध्यनजर गर्दै मन्दीर क्षेत्रमा पार्किङ स्थल निर्माण गरिने भएको हो ।
विश्व सिमसार सुचिमा समेत सुचिकृत रहेको घोडाघोडी ताल तथा मन्दिर क्षेत्रमा आउने पर्यटकहरुलाई पार्किङको सुविधा नभएकोले पार्किङ स्थल निर्माण गर्न लागिएको मङ्गलबार सरोकारवालाहरुसंगको छलफल कार्यक्रमका बिच घोडाघोडी ताल संरक्षण , पार्किङ स्थल निर्माण समितिका अध्यक्ष महिना ढकाले जानकारी गराइन ।
घोडाघोडी ताल संरक्षण , पार्किङ स्थल निर्माणका लागि उद्योग ,वन तथा पर्यटन मन्त्रालय सुदुर पश्चिम् प्रदेशबाट २० लाख रुपैयाँ बिनियोजन गरिएको रकमलाई उपभोक्ता समिति मार्फत लगत्तै काम सुरु गर्न लागिएको अध्यक्ष ढकालले बताइन् । पुर्व पश्चिम् राजमार्गको छेउमै रहेको माटोको ढिस्कोलाई काटेर फिलिङ गरि ग्राइभेल गर्ने उनले जानकारी दिइन ।
घोडाघोडी जनजागरण मंचका अध्यक्ष दीपेन्द्र शाहिले घोडाघोडी क्षेत्रमा पार्किङ एरिया ठूलो बनाएसंगै पर्यटकहरुको संख्यामा पनि वृद्धि हुने बताए । उनले राजमार्गको छेउमै ताल तथा मन्दिर भएपनी अवलोकन गर्ने मानिसले बस तथा अन्य सवारी साधनहरु पार्किङ गर्ने उचित ठाउँ नहुदा अवलोकन नै नगरी जाने गरेको बताए । घोडाघोडी क्षेत्रमा पार्किङ एरिया निर्माण भएसंगै दुर्घटनामा कमि तथा पर्यटकहरुको संख्यामा वृद्धि हुने घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष जियालाल आचार्यले बताए । पुर्व पश्चिम् राजमार्गबाट करिब २५ मिटर सम्म चौडाइ गरि पार्किङ स्थलको निर्माण गरिने भएको हो ।

