परिणाममुखी नीति तथा कार्यक्रम ल्याउनुहोस् : नेता भट्ट - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

परिणाममुखी नीति तथा कार्यक्रम ल्याउनुहोस् : नेता भट्ट



कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाको छैठौं नगरसभा शुरु भएको छ । आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागी नीती तथा कार्यक्रमहरु सभामा पेश गरेको हो ।

मंगलबार नगरसभाको कैलाली क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्य तथा पुर्व मन्त्री लेखराज भट्टले उद्घाटन गरे । नेकपाका स्थायी कमीटी सदस्य समेत रहेका भट्टले जनतालाई सपना देखाएर मात्रै नहुने बताए । भट्टले भने –‘सपना देख्ने कुरा राम्रो हो तर,सधैभरी सपना मात्रै देखाउने काम नगर्ने यो प्रबृत्तिको अन्त्य गर्नु पर्छ, अब हरेक जनप्रतिनिधीले तदअनुरुपको कार्य गर्नसके मात्रै प्रतिफल प्राप्त गर्छन, ।

सरकारले दिने अनुदानका विषयमा सोच्नु पर्ने बेला आएको भन्दै नेता भट्टले उतपादनमा जोडदीने बजेट ल्याउनु पर्ने औल्याय । उनले आत्मनिर्भर कृषि अर्थतन्त्र बनाएर परिणाममुखी नीती तथा कार्यक्रम ल्याउन सुझाब दिए ।

यस्तै कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्षको अन्तीममा आएर काम गर्ने प्रवृत्तिलाई अन्त्य गर्नु पर्ने बताए । उनले भने–‘संघिय संरचनामा प्रदेश सरकार नयाँ संरचना गएकाले प्रदेशमा बन्नु पर्ने ऐनहरु निर्माणको ढीलाइले यो समस्या रहेको छ, आगामी बर्ष लगत्तै कामहरु अघि बढाउनु पर्ने देखीन्छ, ।, सोडारीले अहिले स्थानीयतहरुमा डोजर आंतकले ठुलठुला दुर्घटना ल्याएको ल्याएको भन्दै गाउँमा जथाभावि सडक निर्माणमा रोक लगाउनु पर्ने बताए ।

नगर उप्रमुख अञ्चला चौधरीले आगामी आर्थिक बर्षको प्रस्तावित योजना तथा कार्यक्रम ६१ करोड ९५ लाख १४ हजार सभामा पेश गरेकी छन् । बजेटमा संघिय सरकारको शर्शत अनुदान १६ करोड ८५ लाख, समानीकरण अनुदान १६ करोड १९ लाख, प्रदेश सरकारको समानीकरण अनुदान ७६ लाख ८३ हजार, संघिय सरकारको राजस्व बाडफाँड १३ करोड ५२ लाख, प्रदेश सरकारको राजस्व बाँडफाँड १ करोड १४ लाख ३४ हजार , आन्तरिक श्रोत ३ करोड ४७ लाख ९७ हजार , सामाजिक सुरक्षा १० करोड रहेको छ ।

साथै सभामा चालु अर्थिक बर्षको हालसम्मको ५० दशमलव ७२ प्रतिशत बजेट खर्च भएको देखाइएको छ ।