पूर्वनिर्धारित सबै खाले परिक्षाहरू संचालन हुने - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

पूर्वनिर्धारित सबै खाले परिक्षाहरू संचालन हुने



काठमाडौँ- कोरोनाका कारण स्मार्ट लकडाउन गरेपनि पूर्वनिर्धारित परिक्षाहरू भने संचालन हुने भएका छन् । सरकारले पूर्वनिर्धारित जनशक्ति भर्ना र विश्वविद्यालयका परीक्षाहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वनिर्धारित परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर गर्ने तर नियमित पठनपाठन भने भर्चुअल माध्यमबाट सञ्चालन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

मन्त्रिपरिषद बैठकले माघ मसान्तसम्म सार्वजनिक स्थलमा भीडभाड गर्न नपाइने, आमसभा, जुलुस र सभा सम्मेलन गर्न नपाइने निर्णय पनि गरेको छ।

यस्तै, सपिङ मल, डिपार्टमेन्ट स्टोरहरूमा एक पटकमा २५ जनाभन्दा बढी मान्छेहरूको भीड नहुने गरी सञ्चालन गर्नुपर्ने तथा स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्नेलगायत विषय समेटिएका छन्।